News

प्रहरीको भ्यानबाट हाम फालेर हतकडीसहित फरार भए बलात्कार अभियुक्त

प्रहरीको भ्यानबाट हाम फालेर हतकडीसहित फरार भए बलात्कार अभियुक्त

धनुषामा प्रहरीको भ्यानबाटै हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया आईतवार भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी  इलाका प्रहरी कार्यालय फर्किदै गर्दा उनी फरार भएको जनाईएको छ। मुखिया साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको छ। गत माघ १५ गते इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।


 

विशेष