News

अपाङ्ग छोरीमाको बलात्कार हुँदा आमा नै प्रत्यक्षदर्शी

अपाङ्ग छोरीमाको बलात्कार हुँदा आमा नै प्रत्यक्षदर्शी

बैतडीमा अपाङ्गता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका–७ का ५६ वर्षीय तारादत्त भट्ट पक्राउ परेका हुन।

पीडित किशोरीकी आमाको उजुरीपछि प्रहरीले भट्टलाई पक्राउ गरेको हो। बलात्कार भएको घट्ना आफुले नै देखेको उनले वताएकी छिन्। 

भट्टले आफ्नी छोरी, २४ वर्षीया अपाङ्गतामाथि बलात्कार गरिरहेको देखेको भन्दै पीडित महिलाकी आमाले प्रहरीसमक्ष उजुरी दिएको प्रहरीले जनाएको छ। 

गत शनिवार भट्टले आफ्नी छोरीमाथि बलात्कार गरिरहेको देखेपछि पीडित महिलाकी आमाले छिमेकीलाई बोलाएकी थिइन्। छिमेकीसहित स्थानीयले प्रहरीलाई  बोलाएर भट्टलाई जिम्मा लगाएका हुन्। 

पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिको रुपमा राज्यबाट ‘क’ वर्गको प्रमाणपत्र पाएकी किशोरीमाथि भट्टले पटक–पटक बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। 

भट्टले यसअघि पनि बलात्कार गरेकोस्वीकार गरेको भिडियो पनि प्राप्त भएको प्रहरीले जनाएको छ।  यद्यपि भिडियोको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ। 
 

विशेष