News राजनीति

‘पिपलपाते’ प्रचण्डको भरोसामा माधव नेपालले गुमाए राष्ट्रपति !

माधव नेपाललाई एक वर्षे प्रधानमन्त्रीः तिथि–मिति बिनाको क्यालेण्डर

‘पिपलपाते’ प्रचण्डको भरोसामा माधव नेपालले गुमाए राष्ट्रपति !

नेकपा एमाले फुटाएर नयाँ पार्टी खडा गरेपछि माधबकुमार नेपाल र केपी शर्मा ओलीबीच लामो समयपछि राष्ट्रपपति निर्वाचनका कारण पहिलो पटक वार्ताको अवसर वन्यो। ओली र नेपालले एकीकृत समाजवादीका सांसद कृष्णकुमार (किसान) श्रेष्ठको महाराजगञ्जस्थित निवासमा लामो संवाद गरे।

ओलीले नेपालाई राष्ट्रपतिको उम्मेदवार र एमाले–नेकपा एस एकताका लागि प्रस्ताव गरे। तर, उनले प्रस्ताव गर्नुअघि नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई राष्ट्रपतिको आश्वासन दिएको र अझ सम्भावित राष्ट्रपतिको सूचीमा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि नेपालको नाम लिएका कारण उनले ओलीलाई भाउ दिएनन्।

त्यसैले उनी ओलीको प्रस्ताव मान्न तयार भएनन्। वरु सोही प्रस्ताव उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राखे। राष्ट्रपति हुन सक्ने आसमा उनी दौडधुप गर्न थाले। १० फागुन माओवादी केन्द्र, जसपा र नेकपा एसको बैठक र ११ फागुनमा बालुवाटारमा कांग्रेससहितको बैठकमा नेपालले आफुलाई राष्ट्रपति बनाउन आग्रह गरे। 

स्रोतका अनुसार १२ फागुनमा नेता नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेले निकै प्रयास गरेको थियो । माओवादी केन्द्र, जसपासमेतलाई विश्वासमा लिएर छलफल गर्ने वातावरणको प्रयास पनि भएको थियो । बालुवाटारमा ओली–प्रचण्ड निर्णायक छलफल भइरहदा नेपाल र उपेन्द्र यादवलाई पनि बोलाउने प्रयास भयो। चार नेताकाबीचमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्ने तयारी गरेका थिए । तर, तर, प्रधानमन्त्री दाहाल त्यसमा सहमत भएनन्। उनले त्यो वातावरण हुनै दिएनन् ।

एमालेले राष्ट्रपति नपाउने निश्चित भएपछि ओली बरु नेपाललाई राष्ट्रपति बनाएर जान सकिने जुन प्रयासमा थिए, त्यो स्वयम् नेता नेपालका लागि चाहिँ सुखद निर्णय थियो । तर, प्रधानमन्त्री दाहाल र देउवाको चालबाजीले नेपाल एमालेसँग जानबाट रोकिए। एमालेको प्रस्तावमा नेपाल राष्ट्रपति हुँदा नेकपा एस–एमालेबीच एकता हुने र एमाले पहिलो पार्टी बन्ने परिस्थितिबाट रोक्न दाहाल र देउवाले बनाएको रणनीति नेपालले वुझ्न नसकेको नेकपा एसकै कतिपय नेताहरु वताउँछन् ।

अध्यक्ष नेपाललाई रोक्न उनीहरुले ‘एक वर्षे प्रधानमन्त्री’ को आश्वासन दिएको नेताहरु भनाई छ। ‘एक वर्षे प्रधानमन्त्रीको लोभमा नेपालले एमालेको प्रस्ताव अस्वीकार गरेर राष्ट्रपति हुने अवसर त गुमाए नै, आफ्नो स्वार्थ अनुकुल जस्तो सुकै निर्णय गर्न सक्ने पिपलपाते दाहालसँग उधारो सहमति गरेर पार्टीको राजनीतिक जीवनलाई समेत दाउमा लगाए’ एक नेता भन्छन्–‘आश्वासन अनुसार प्रधानमन्त्री नपाए अध्यक्ष नेपाल अवसरबाट वञ्चित त हुन्छन् नै पार्टी क्षयीकरणतिर पनि लाग्छ ।’

नेकपा एसभित्र झलनाथ खनाल, मुकुन्द न्यौपाने, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आलेहरूको ठूलो पंक्ति एमालेसँग एकता गर्नुपर्ने पक्षमा छ । उनीहरुले १२ फागुन साँझ एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने अनौपचारिक सहमतिलाई ‘तिथि–मिति बिनाको क्यालेण्डर’का रूपमा विश्लेषण गरिरहेका छन्।

प्रधानमन्त्री दाहालसँग निरन्तर बढ्दो अविश्वासले राष्ट्रपतिमा एमालेले माओवादीको साथ नपाउने प्रष्ट भइसकेका थियो । त्यही बुझेर ओली राष्ट्रपतिमा नेपाललाई अगाडि सार्ने रणनीतिमा पुगेका हुन् । ओली–नेपालबीच पानी बाराबारको सम्बन्ध सुधार र भेट गराउने अस्त्र पनि राष्ट्रपति पद नै बनेको थियो । 

तर, ६ फागुनको ओलीको प्रस्ताव अस्विकार गर्दा नेपाल अवसरबाट वन्चित भएको नेताहरुको वुझाई छ। त्यसपछि पनि ओलीले माधव नेपाललाई फकाउने प्रयास जारी नै राखेका थिए। १२ फागुनमा प्रधानमन्त्री दाहालसँग २ घण्टा छलफल गरेर फर्कदा उनले ओलीले नेपाललाई दोस्रो पटक किसान श्रेष्ठकै घरमा भेटे।

अध्यक्ष नेपालले ओलीलाई ‘उधारो आश्वासनमा विश्वास नगर्ने’ जवाफ दिएर निरास वनाए। तर बालुवाटार पुुगेर त्यही उधारो आश्वासनमा सहमति जनाएर वसेको नेताहरुको वुझाई छ। 

प्रचण्ड माधव नेपाल राष्ट्रपति

विशेष