News

सरकार बारे निर्णय गर्न एमाले र रास्वपाको वैठक वस्दै

सरकार बारे निर्णय गर्न एमाले र रास्वपाको वैठक वस्दै

सरकारलाई दिएको समर्थन कायम राख्ने की फिर्ता लिने भन्ने विषयमा निर्णय गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको वैठक वोलाईएको छ। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ भने रास्वपाले केन्द्रिय समितिको वैठक वोलाएको छ।

एमालेले बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बोलाइएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । वैठकमा पार्टीको ग्रासरुट अभियान, सरकारमा रहने÷नरहने र प्रधानमन्त्री परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा छलफल हुने जनाईएको छ।

एमालेमा अब सरकारमा बस्नु हुँदैन भन्ने मत बढ्दै गएको जनाईएको छ।

यसैगरी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक पनि विहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा वस्दैछ।

बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाईएको छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन ।  रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ ।

सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्दै लामिछानेको सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त  छ । आजको बैठकमा १० बैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने जनाईएको छ । 
 

विशेष