News

वचतकर्तासँग ५ वुँदे सम्झौतापछि शिवशिखर सहकारीको कारोवार सुरु

वचतकर्तासँग ५ वुँदे सम्झौतापछि शिवशिखर सहकारीको कारोवार सुरु

वचतकर्तासँग ५ वुँदे सम्झौतापछि सुदूरपश्चिम प्रदेश स्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न शाखाहरु संचालनमा आएका छन्। सहकारीका बचतकर्ता तथा वार्ता टोलीका संयोजक लोकेन्द्र लम्सालका अनुसार सहकारीका विपद् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेल, प्रदेश प्रबन्धक, धनगढी शाखा प्रवन्धकको हस्ताक्षरसहितको पाँच बुँदे सहमति भएको हो।
  
तरलता अभावका कारण करोबार सुस्त भएको भन्दै वन्द रहेको सहकारीको करोबार आजबाट सञ्चालनमा आएको संचालनहरुले वताएका छन्। प्रदेशका सम्पुर्ण शाखामा गरि शिवशिखर सहकारी संस्थाले कम्तिमा १ अर्ब ५० करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ।

सहकारीमा देखिएको समस्या समाधान हुन कम्तिमा ६ महिना लाग्ने संयोजक पौडेलले बताए। उनले भने, ‘सुदूरपश्चिममा हाम्रो लगभग एक सय ५० करोड होला। उद्योगहरु पनि सञ्चालनमा छन्। सुदूरपश्चिममा सहकारीको पनि ठुलो लगानी छ। सुदूरपश्चिममा मैले भनेको ब्यालेन्स सिट भन्दा बढी सम्पति छ।’ 

धनगढीको कार्यालय सहकारीको आफ्नै हो भने अन्य धेरै ठाउँमा आफ्नै कार्यालयहरु छन्। सहकारी भौतिक रुपमा स्ट्रोङ्ग रहेको सञ्चालकहरूले बताएका छन्। सञ्चालकहरूका अनुसार सहकारी छिट्टै पुरानौ अवस्थामा फर्किने छ।

यस सहकारीका देशभर ३६ वटा शाखा छन्। 
 

विशेष