News

घोडा बोकेको बोलेरो र स्कारपियो ठोक्किदा तीन जनाको मृत्यु

घोडा बोकेको बोलेरो र स्कारपियो ठोक्किदा तीन जनाको मृत्यु

सप्तरीमा घोडा बोकेको बोलेरोसँग स्कारपियो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलवार बिहान दुर्घटना भएको हो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप –९ विष्णु मन्दिरनजिक पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नम्बरको बोलेरो पिकअप र पूर्व जाँदै गरेको बा१८च ६६१७ नम्बरको स्कारपियो एकापसमा ठोक्किर दुर्घटना भएको हो।

दुर्घटनामा स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

विशेष