News

देशको राजनीति तरल भएका वेला पूर्वराजा किन गए भारत ?

देशको राजनीति तरल भएका वेला पूर्वराजा किन गए भारत ?

राष्ट्रपति निर्वाचनका कारण राजनीतिक दलमा उतारचढाव भईरहेका वेला पूर्वराजा ज्ञानेन्द्र भारत पुगेका छन् ।

पारिवारिक भ्रमणका लागि भन्दै उनि भारत भ्रमणमा गएका छन् । उनी पत्नी तथा पूर्वरानी कोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएको जनाईएको छ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले सोमबार पूर्वराजा भारत भ्रमणमा गएको बताए। तर, उनले भारतमा के–कस्तो कार्यक्रम रहेकोबारे आफूलाई थाहा नभएको बताए । 

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित झापामा आयोजित एक औपचारिक कार्यक्रममा देखिएका थिए । त्यहाँ उनी दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा सहभागी हुन पुगेका थिए ।

उनले प्रजातन्त्र दिवसको अवसरमा दलहरुसँग सहकार्यको प्रस्ताव समेत गरेका थिए । पछिल्लो समय राजनीतिक दलहरुको कार्यशैलीको खुलेर आलोचना गर्दै आएका पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 

ज्ञानेन्द्र शाह

विशेष