News

म्याट्रेस कारखानाको आडमा नेपाली बालिकामाथि चिनियाँ नागरिकको यस्तो अत्याचार

म्याट्रेस कारखानाको आडमा नेपाली बालिकामाथि चिनियाँ नागरिकको यस्तो अत्याचार

तीन जना बालिकालाई बन्धक वनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका चीनियाँ नागरिकले आफनै म्याट्रेस कारखानामा काम गर्ने महिला कर्मचारी मार्फत बालिकालाई फसाउने गरेको खुलेको छ।
 
ललितपुरको बुङमतीमा ‘न्यु प्युरी एण्ड म्याट्रेस’ कम्पनी सञ्चालन गर्दै आएका चिनियाँ नागरिक ४९ वर्षिय यान लिङमिङलाई प्रहरीले १३ फागुनमा पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीमाथि ललितपुर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानमा लिङमिङले नाबालिगसहित ३ जनाकिशोरीमाथि बलात्कार गरेको खुलेको छ । उनले एक जना नाबालिगसहित दुई जनालाई पोखराबाट र अर्का एक जना युवतीलाई झापाबाट ललितपुर बोलाएर बलात्कार गरेको खुलेको छ । 

१७, १८ र १९ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको खुलेको हो । लिङमिङ ०७३ सालदेखि ललितपुरमै व्यवसाय सञ्चालन गरेर बसेका हुन। नेपाली भाषासमेत राम्रो बोल्न सक्ने उनले फेसबुक मार्फत बालिकाहरुलाइ फकाउने गरेको सीआईबीका प्रवक्ता एसपी सञ्जय थापाले जनाएका छन्।

यस वाहेक आफ्नै कारखानामा काम गर्ने महिला कर्मचारीमार्फतसमेत बालिकालाई आफ्नो सम्पर्कमा ल्याउने गरेको र यौन शोषण गरेको आशंका प्रहरीले गरेको छ । उनले काठमाण्डौं वाहिरका बालिका र युवतीलाई राम्रो जागिर लगाई दिने भन्दै आफ्नै खर्चमा काठमाडौं बोलाउने गर्थे । यसरी काठमाडौं पुगेका किशोरीहरूलाई आर्थिक प्रलोभनमा पार्ने, नाइट क्लबदेखि रेस्टुरेन्टमा लैजाने गरेको खुलेको छ । 

ति किशोरीमध्ये केहीलाई काठमाडौंको ठमेलका विभिन्न होटल र ललितपुरस्थित आफ्नै कोठामा पु¥याएर यौन शोषण गर्ने गरेको खुलेको छ । सीआईबीको टोलीले ठमेलको एक होटलमा लिङमिङले बन्धक बनाएर राखेका चार जना नाबालिकालाई उद्वार गरेको छ।

पीडितका आफन्तले सीआईबीमा यौन शोषणबारे उजुरी दिएपछि ललितपुर प्रहरी उनको खोजीमा लागेको थियो । हालसम्म ललितपुर प्रहरीमा तीन जनाले जाहेरी दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लिङमिङबाट हालसम्म छ जना पीडित भएको खुलेको छ । 
 

बलात्कार चीनियाँ नागरिक

विशेष