News

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी भूमिहीनहरूको अनिश्चितकालिन धर्नामा राष्ट्रिय एकता अभियानले ऐक्यवद्धता जनाएको छ। अभियानका अध्यक्ष विनय यादव धर्ना स्थलमा उपस्थित भई भुमिहिनहरुको आन्दोलनमा ऐक्यवता जनाएका हुन।

‘भूमि अधिकार र चुरेवन जंगल संरक्षण र सम्बर्धनका निम्ति जन आवाज आन्दोलन’का क्रममा जारी धर्नामा अध्यक्ष यादवसहित मनीष हिन्दू, रवि साह, बन्दना पाण्डेय, जय यादव, हिन्दी अभियानी रमन पाण्डेयलगायतको उपस्थिती थियो।

चुरे तथा वन जङ्गल संरक्षण अभियानीका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा सयौंको संख्यामा जनकपुरधामस्थित राराब क्याम्पसको पूर्वपट्टी गुठी संस्थानको खाली जग्गामा भूमिहिन सुकुम्बासीहरू जग्गासहित विभिन्न ५ बुँदे माग राख्दै धर्ना बसेका छन् ।

भूमिहिनहरुले धर्नाका लागि मेस नै संचालन गरेका छन्। 

अभियानका संयोजक सुनिल यादवले पटक पटक आन्दोलन गरेपनि सरकारले आफूलाई ठग्दै आएकाले भूमि अधिकारका लागि जन आवाज आन्दोलन अन्तर्गत अनिश्चितकालीन धर्ना सुरु गरेको बताए।

जबसम्म आफूहरूको माग पूरा हुँदैन तबसम्म धर्ना जारी रहने उनको चेतावनी छ। उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकका रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए ।

चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग समेत अभियानीहरूले अघि सारेका छन् ।

धर्ना दिनुअघि अभियानका नेतृत्वमा भूमिहीन भनिएकाहरूले आफ्ना मागसहित नगरमा जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए ।

भूमिहीन धर्ना राष्ट्रिय एकता अभियान भूमि अधिकार

विशेष