आरजु राणालाई नेपाली सेनाका प्रवक्ताको यस्तो जवाफ
![आरजु राणालाई नेपाली सेनाका प्रवक्ताको यस्तो जवाफ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/aarju.jpg)
नेपाली सेनाको सूचना वाहिर चुहिने गरेको गम्भिर आरोप लगाएपछि नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई सेनाका प्रवक्ताले जवाफ फर्काएका छन् ।
सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले नेपाली सेनाको सूचना सुरक्षित भएको बताएका छन् । प्रवक्ता भण्डारीले ‘सेनाको आधिकारिक सबै सूचना सुरक्षित भएको’ बताए ।
नेपाली कांग्रेस नेतृ एवम् कांग्रेस सभापति शेरवहादुर देउवा पत्नि आरजु राणाले नेपाली सेनाको सूचना टर्की पुग्ने गरेको भनेर आरोप लगाएकी थिईन। त्यो विषयमा वुझदा भण्डारीले ‘नेपाली सेनाको सूचना सबैले एक्सेस गर्नेगरी छैन ।’ भन्ने जवाफ दिए।
प्रवक्ता भण्डारीले व्यक्तिगत र कमरसियल मेल र सेनाको आधिकारिक सूचना फरक–फरक हुने भन्दै आधिकारिक सूचना सुरक्षित भएको बताए ।