News खेल

एमबाप्पे र बेन्जेमालाई पछि पार्दै मेसी बने फिफा वर्ष खेलाडी

एमबाप्पे र बेन्जेमालाई पछि पार्दै मेसी बने फिफा वर्ष खेलाडी

अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर ३५ वर्षीय लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै मेसीले यो उपाधि हात पारेका हुन।

सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए ।

पीएसजी (पेरिस सेन्ट जर्मेन) का मुख्य फरवार्डसमेत रहेका मेस्सीले मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए। अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषणा भए। उनले पेप ग्वार्डिओला र कार्लो एन्सेलोटीलाई पछि पार्दै उपाधि जितेका हुन्। 

अर्जेन्टिना र एस्टन भिल्लाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर बने। ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको सुटआउट जितसहित चार पेनाल्टी बचाएका थिए। बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला बनिन्। इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान उत्कृष्ट प्रशिक्षक घोषणा भइन्।

महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्स उत्कष्ट गोलरक्षक बनिन्। वुमेन्स सुपर लिगमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने अरप्सले युरो २०२२ मा इङ्ल्यान्डका सबै ६ खेल जितेकी थिइन्। पोल्यान्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले फिफा पुस्कास अवार्ड पाए। उनले वैशाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजोविरुद्ध उत्कृष्ट ओभरहेड भली गोल वर्षको उत्कृष्ट गोल बन्यो। 

मिडफिल्डर बेहोस भएपछि आफ्नो ज्यान बचाउन विपक्षी जर्ज टिगलको जिब्रो समातेका लुका लोचोसभिलीले फेयर प्ले अवार्ड पाए। फिफ्प्रो विश्व इलेवनमा थिबाउट कोर्टुवा, अचराफ हाकिमी, भर्जिल भ्यान डाइक, जोआओ क्यान्सेलो, केभिन डी ब्रुएना, लुका मोड्रिच, कासेमिरो, लियोनेल मेस्सी, एर्लिङ हालान्ड, करिम बेन्जेमा र केलियन एमबाप्पेले स्थान बनाए। 

फिफा वर्ष खेलाडी

विशेष