News

सावित्री सुवेदीको चेतावनीः के मैले बन्चरो र हँसिया उठाउनै पर्ने हो ?

सावित्री सुवेदीको चेतावनीः के मैले बन्चरो र हँसिया उठाउनै पर्ने हो ?

बालिका बलात्कारको आरोप लागेका नायक पल शाहलाई सफाई र क्रिकेटर सन्दिप लामिछानेलाई जेलमुक्त गरेपछि पीडित तथा तिनका आफन्तहरु आक्रोशित वनेका छन् ।

बलात्कार मुद्दामा पीडितको कुरामा विश्वास नगरी अदालतबाट भएका न्याय निरुपणमाथि उनिहरुले प्रश्न उठाएका छ । उनीहरुले बलात्कार मुद्दामा अदालतबाट भएका केही फैसला र आदेशले पीडितलाई झन् पीडामा पारेको भन्दै सोमवार काठमाण्डौंमा खबरदारी समेत गरे।

बलात्कार पीडित तथा महिला हिंशामा परेकाहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आजाद मोर्चा समूहले माइतीघरमा प्रदर्शनसहित खबरदारी सभा गर्यो। सभामा अभियन्ता हिरादेवी वाइबासहित मोर्चामा आवद्ध युवाको उपस्थिति थियो।

प्रदर्शनमा सहभागीहरुले सर्भाइबरलाई हिम्मत, पीडितलाई चेतावनी, पितृसत्ताका पहरेदार होसियार, घरैपिच्छे बलात्कारीको वकालत गर्नेहरु उमार्ने यो नेपाली भूमि कति उर्बर जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

यसैगरी, महिला अधिकारकर्मी सावित्री सुवेदीले सामाजिक सञ्जाल मार्फत सरोकारवालालाई चेतावनी दिएकी छिन् । टिकटकमा भिडियोसहितको कविता राख्दै उनले भनेकी छिन्– ‘मैले न्याय माग्दा, कानुन खोज्दा। मेरै अपराधिहरुलाई काखी च्यापीरहने, मलाई नै पाखा फ्याँकीरहने यो देश कहिले मेरो पनि देश बन्छ ? के मैले उठाउनै पर्ने हो बन्चरो र हाँसी ? के मैले रेट्नै पर्ने हो तेरो गर्धनमा हँसिया र चुसेसी ?’
 

सावित्री सुवेदी

विशेष