माधव नेपाल भन्छन्– ओलीले आधा–आधा कार्यकाल भनेपछि राष्ट्रपति अस्विकार गरेँ
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अफर गर्दा अस्विकार गरेको विषयमा चासो वढेपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रष्टिकरण दिएका छन् ।
अध्यक्ष नेपालले राष्ट्रपति आधा–आधा कार्यकाल चलाउने प्रश्ताव गरेपछि आफुले अस्विकार गरेको वताएका छन्। ‘ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको हो’ उनले भने–‘मुलुकका लागि यो राम्रो कुरा होईन।’
नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको बताएका उनले थपे–‘यसमा माओवादी केन्द्र त छँदैछ ।’ जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको उनले बताए ।
आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए ।