News

सन्दीप विरुद्ध ट्वीट गरेपछि मोहना अन्सारीमाथि हमला !

सन्दीप विरुद्ध ट्वीट गरेपछि मोहना अन्सारीमाथि हमला !

बलात्कार आरोपी सन्दीप लामिछानेलाई अदालतले सुविधा दिएको भन्दै असन्तुष्टि जनाएपछि मानवअधिकारकर्मी मोहना अन्सारीको आलोचना भईरहेको छ। ट्वीटरमा अन्सारीले असन्तुष्टी जनाएपछि निर्दोशलाई फसाउन खोजेको भन्दै उनको आलोचना सुरु भएको हो।

अन्सारीले अदालतको आदेशपछि पीडित किशोरी बेहोस भएर अस्पताल भर्ना भएको भन्दै न्यायाधिश समेतको टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्–‘अदालतको आदेशपछि घट्नाको पिडित गौशाला २६ बेहोस भएर अस्पताल पुर्याईएको अवस्था। के अब माननिय न्यायाधिश द्वय अस्पताल पाल्नु हुन्छ ?’

उनले ट्वीटर कमेन्टमा लामिछाने र नायक पल शाहलाई ‘जनावर’ भन्दै उनिहरुलाई कारवाहीको दायरामा ल्याउन भएको प्रमाण नै काफि रहेको जिकिर गरेकी छिन् । ‘पल शाह होस् वा सन्दिप लामिछाने– जति तथ्य छन् यस्ता जनावरलाई कारवाहीको दायरामा ल्याउन काफी छन्’ उनले लेखेकी छिन्–‘तर अदालतलाई देखिदैन। किन भने अदालतले शक्तिशालीको संरक्षण गर्छ । शक्तिशालीको न्यायको सुनिश्चितता गर्छ ।’

उनको प्रतिक्रियापछि  लोकेन्द्र चन्द नामका ट्वीटर प्रयोगकर्ता लेख्छन–‘गाडीमा नगरकोट शयर देखी गौशाला अनी तथाकथीत बलात्कार हुदा केही नहुने तर अदालतको आदेशले बहोस भएर अस्पताल पुगेको कुरामा बिश्वास लागेन। ईश्वरीय कानुन सबै भन्दा माथी हुन्छ र पाप धुरी बाट कराउछ । यो कुरा को पनी हेक्का रहोस। मानवअधिकार को नाममा बेफजूलमा ४÷४ बित्ता उफ्रीन मिल्दैन।’

यसैगरी इआर छिमेकी नामका ट्वीटर प्रयोग कर्ताले ‘बेहोस भएर एउटा निर्दोषले सजाय पाउन पर्ने?’ भन्दै प्रश्न सोधेका छन् । उनले भनेका छन्–‘‘साथिलाई ‘वेस्ट डे अफ माई लाईफ, आई हग सन्दीप’ भन्दै च्याट हुने, होटलबाट निस्कदा खुसी दुबै जना, अब यहाँ हिसाब किताब मिलेन अनि बलात्कार गर्यो भन्दिने? उनी नाबालिक प्रमाण हुन्छ र योन शोषण भएको प्रुभ हुन्छ भने सजाय दे। नत्र त्यो केटीलाई दे।’

हेल्लो नारायणले ‘तिमिहरु जस्ता कथित ढोंगीहरुका कारण दुख नपाउनेले दुख पाउछन । कसैले कसैलाई सार्बजनिक स्थानमा जबर्दस्ती गर्दैन महोदया’ भन्दै लेखेका छन् भने पीआरपीले ‘यि डलरेहरुले ईटहरीकी सुस्मिताको केश जुन वास्तवमै नारी अस्मीता माथिको हमला हो। बलात्कार हो लाई यती उचालेनन जती सन्दिप र पलका फर्जी केशहरुलाई उचालिरहेका छन किन? किनकी यिनिहरु न्यायको लागि नभएर आफ्नो घर चलाउन मात्र यस्ता मुद्दा उचाल्छन।’ भन्दै प्रतिक्रिया जनाएका छन्।

किरण ओलीले ‘बकपत्रमा पीडितकी रुममेटले सन्दीपलाई भेटेको, नगरकोट गएको, लाइफमा सबैभन्दा खुसीको पल नै हिजो थियो भनेको र भोलिपल्ट सन्दीपको नामको जर्सी ल्याएर हुटिङ गरेको व्यहोरा उल्लेख छ। खासमा चमत्कार र बलात्कारको परिभाषा बारेमा बृहत् छलफल हुन जरुरी छ। पुरुष भएकै कारण दण्डित हुनु न्याय होइन।’ भन्दै लेखेका छन् भने केपी मैनालीले ‘माने महोदया हजुरलाइ हिन्दिमे एक कहावत है भन्दै आवश्यक कुरामा नवोल्ने अनावश्यक कुरामा वोल्ने भन्दै आलोचना गरेका छन् । ‘कुत्ता हर वक्त दुसरों के मामले में टाँग अडाता है’ मानवाधिकारकर्मी को धर्म पनि यहि हो निर्मला पन्त को बिषयमा चुप चाप ! वाह अनि हजुर पुग्नु भयो अस्पताल ?’
 

मोहना अन्सारी सन्दीप लामिछाने

विशेष