News

गृहमन्त्रीमा रविले विकल्प नदिएपछि पार्टीमा खटपट, सोवितालाई पठाउन सांसदको जोड

गृहमन्त्रीमा रविले विकल्प नदिएपछि पार्टीमा खटपट, सोवितालाई पठाउन सांसदको जोड

गृहमन्त्री पदका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तिव्र विवाद छ। गृह मन्त्रालय आफुले पाउनुपर्ने र नपाए सरकारबाट बाहिरिने सभापति रवि लामिछानेको अडानका कारण पार्टीभित्र विवाद चुलिएको हो ।

नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछाने नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ । गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए । नागरिकता लिएलगत्तै पार्टीको सभापति बनेका लामिछानेले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन् ।

त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन् । दाहालले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन् । बरु उनी सत्ता समिकरण नै परिवर्तन गर्ने योजनमा रहेको माओवादीका नेताहरु वताउँछन्।

उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल रविलाई गृह मन्त्रालय नदिने बताउँदै आएका छन् । तर, रास्वपाका नेताहरुले सभापति रविको बाहेक अन्य नेताको नाम लिएर प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने सुझाव दिएका छन्।

रविकै कारण पार्टीमा समस्या भएको भन्दै केही सांसदहरु अन्य सांसदलाई जिम्मेवारी दिनुपर्ने पक्षमा उभिएपछि सभापति रविमाथि दबाब छ। तर, केन्द्रीय समितिको बैठकमा रवि एक्लै पर्ने स्रोतले जनाएको छ। ‘अहिलेको समस्या भनेको रविजीलाई नै गृहमन्त्री बनाउनुपर्ने कुराले निम्त्याएको हो,’ एक सांसदले भने–‘रास्वपामा अरु १९ जना सबै मन्त्री बन्न योग्य छन्। एकजना विवादमा परेपछि किन उनैलाई मन्त्री बनाउन दबाब दिनुप¥यो।’

पार्टीमा रवि जत्तिको योग्यता र क्षमता भएका धेरै सांसद रहेकाले अन्यलाई जिम्मेवारी दिदा सवै समस्याको समाधान हुने पार्टीका नेताहरु वताउँछन् । विशेष गरी उपसभामुखमा अगाडि सारेर पनि पछाडि पारिएकी  सोविता गौतमलाई नै गृहमन्त्री बनाएर पठाउदा उपयुक्त हुने उनीहरु बताउँछन् ।

गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका मणिराम फुयाललाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन। काठमाडौं । २७ वर्षको उमेरमा संसदमा प्रवेश गरेकी गौतम पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् । नेपाल टेलिभिजनमा काम गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेकी हुन् ।

विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ । २०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् ।

सभापति लामिछानेले आफुमाथि प्रश्न उठेपछि छाति ठुलो गरेर सोवितालाई गृहमन्त्रीको लागि प्रश्ताव गर्नुपर्ने नेताहरुको भनाई छ।

रवि लामिछाने सोविता गौतम

विशेष