News

मधेस सरकारमा किन सहभागि भएन माओवादी ?

मधेस सरकारमा किन सहभागि भएन माओवादी ?

मधेस प्रदेश सरकार विस्तार हुँदा नेकपा माओवादी वाहिर वसेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी वाहिर वसेको हो।

मुख्यमन्त्री यादवले शुक्रवार ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । यसैगरी, शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

२ वटा मन्त्रालय मागेको माओवादी भने सरकारमा गएको छैन। मुख्यमन्त्री यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन । 
 

विशेष