News

सन्दीप लामिछानेको मुद्दामा आजैबाट सुनुवाईः मैदानमा फर्कन्छन की कारागार ? 

सन्दीप लामिछानेको मुद्दामा आजैबाट सुनुवाईः मैदानमा फर्कन्छन की कारागार ? 

बलात्कारको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा फर्काउने मागसहित परेको रिटमा आज सर्वोच्च अदालतमा सनुवाइ हुने भएको छ। 

उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप ९९ सय दिन थुनामा बसेर रिहा भएका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नपर्ने मागथसहित सर्वोच्चमा निवेदन दिएपछि आज पेसी तोकिएको हो। 

यता, उच्च अदालतको आदेशले छुटेका सन्दीप आजैबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किँदैछन्। सन्दीप उच्च अदालतको आदेश पुस २९ गते रिहा भएका हुन्। त्यसअघि जिल्ला अदालत काठमाडौंले भने उनलाई पुर्पक्षका लागि थुनामाा पठाएको थियो। अब सर्वोच्चले उच्चको आदेश सदर गरे सन्दीपले क्रिकेट खेल्न पाउनेछन्। 

जिल्ला अदालतले झैं पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो भने उनलाई पुनः कारागार फर्काइनेछ। तर सर्वाेच्चले शुक्रबार भने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन मात्रै आदेश दिने सम्भावना छ।

उनले प्रशिक्षण थालेकै दिन थुनामा पठाउने मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले बिहीबारमात्रै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि माघ १७ गते पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवाको निर्णय गरेको थियो। 

बलात्कारको मुद्दामा असोज २० गते पक्राउ परेसँगै तत्कालिन कप्तान लामिछाने निलम्बनमा परेका थिए। आगामी फागुन २ देखि ९ सम्म कीर्तिपुरमा हुने त्रिदेशीय सिरिजमा सन्दीपलाई समेट्दै २० सदस्यीय टोली घोषणा गरिएको छ। त्रिदेशीय सिरिजमा नेपालसहित नामविया र स्कटल्याण्डबीच खेल हुनेछ। 

सन्दीपलाई बिहीबारदेखि नै होटलमा राखिएको राष्ट्रिय क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्री चौधरीले बताएका छन् । उनले शुक्रबार फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्ने भएको छ ।

लिग–२ को ९ वटा सिरिजमध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो । यस्तै नेपालले लिग–२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्दैछ । यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ । तर, मिति भने तय भइसकेको छैन ।

सन्दीप लामिछाने

विशेष