News

ठमेलका क्लव र डिस्कोमै लागु औषधको कारोवार, नाईके अझै फेला परेनन्

ठमेलका क्लव र डिस्कोमै लागु औषधको कारोवार, नाईके अझै फेला परेनन्

काठमाण्डौंका होटल, क्लव र डिस्कोहरुमा लागु औषधको कारोवार तिव्र रुपमा वढेको छ। खास गरी स्वेदशी–विदेशी पर्यटकको केन्द्र मानिने ठमेल क्षेत्रमा लागुऔषध कारोबारको कारोबार धेरै भईरहेको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार ठमेलका रेस्टुरेन्ट तथा डिस्को लागूऔषधको हब बनिरहेका छन्। यो सुचनापछि प्रहरीले पछिल्लो समय सम्भावित क्षेत्रमा निगरानी समेत बढाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले गत महिना ७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीनजनासँग चरेस तथा गाँजा बरामद भएपछि उनीहरूलाई मुद्दा चलाइएको छ ।

ब्युरोका प्रमुख एसएसपी विकासराज खनालका अनुसार उनीहरु सडकमै वसेर लागु औषधको विक्रि वितरणमा संलग्न थिए। सोम दमाईं, सुरेन्द्र नेपाली र नारायण श्रेष्ठसँग गाँजा र चरेस बरामद भएको थियो । खासगरी उनीहरूले विदेशी पर्यटकलाई लक्षित गरी लागुऔषध बिक्री गर्दै आएका थिए । 

डिस्को तथा ब्लकहरूमा पनि लागुऔषधको सेवन तथा कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाइएको ब्युरोका प्रमुख एसएसपी खनालले बताए । प्ले ब्वाई क्लबमा हुक्कामा राखेर आइस ड्रग सेवन गरेको सूचनाका आधारमा ब्युरोले सुरज पराजुली र राजन पराजुलीलाई गत असोजमा पक्राउसमेत गरेको थियो । उनीहरुको साथबाट १० ग्राम आइस ड्रग बरामद भयो । तर, यसमा क्लब सञ्चालकको भने संलग्नता भेटिएन ।

त्यसवेला पक्राउ परेका राजन सैनिक जवान हुन । उनी धरौटीमा छुटेका छन । त्यसअघि पक्राउ परेका प्रकाश थापा, सोनाम घले तथा सोममाया तामाङमाथि अनुसन्धान गर्दा उनीहरूको सूचना प्रहरीले पाएको थियो । पक्राउ परेका सुरजले क्लबमा गएर लागुऔषध बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । नेपाल आउने कतिपय विदेशीहरू लागुऔषध सेवनकर्ता हुने गरेका छन। त्यस्तै पर्यटकका लागि सानो परिणाममा लागुऔषध ठमेलका सडकमा खुलेआम कारोबार हुने गरेका छन । 
 

विशेष