News

छोरासँग मिलेर पतिको हत्या, ५ वर्षपछि सेप्टिक ट्यांकीमा भेटियो कंकाल

छोरासँग मिलेर पतिको हत्या, ५ वर्षपछि सेप्टिक ट्यांकीमा भेटियो कंकाल

जाजरकोटमा आफनै पत्नि र छोराको मिलेमतोमा हत्या गरी वेपत्ता पारिएका एक ब्यक्तिको शव ५ वर्षपछि फेला परेको छ। भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव प्रहरीले मंगलबार फेला पारेको हो।

शौचालयको सेप्टिक ट्यांकीमा उनको कंकाल फेला परेको छ। कालेले लगाएको कपडा, टाउकोको खप्पर र शव तानेर ट्यांकीमा फाल्न प्रयोग गरिएको डोरी भेटिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भनिएका श्रीमती भद्रकला कामी र उनका कान्छो छोरा तुल्सीराम विकलाई पनि प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई छोरा फरार छन्।

कालेको हत्या श्रीमतीले गरेपछि शव लुकाउने कार्यमा ३ जना छोरा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पाँच वर्षअघिको यो घटना दैनिकजसो हुने घरेलु हिंसाको कारण भएको प्रहरीको भनाई छ।

श्रीमानले मदिरा सेवन गरेर दिनदिनै हिंसा गर्न थालेपछि आवेगमा प्रतिवाद गर्दा उनको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। घटना भएको दिन पनि काले कामीले मदिरा सेवन गरेका पाईएको छ। घटना भएको दिन पनि कालेले साथीहरू जम्मा पारेर घरमै मदिरा खान थालेको खुलेको छ।

उनीसँगै मदिरा खान बसेका साथीभाइ घरबाट निस्किएपछि श्रीमती भद्रकला श्रीमानको डरले भागेको र काले उसलाई मार्छु भनेर लाठी समातेर खोज्दै हिँडेको पाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाले वताए । ‘केही समयपछि भद्रकला घर पुगिन्। राति भइसकेपछि श्रीमान पनि लौरो बाकेरै घर पुगे। आज म तँलाई मार्छु भन्दै आईलागेपछि लठ्ठी खोसेर श्रीमानलाई हिर्काइछिन्, संयोगले त्यो लौरो कन्चटमा लागेछ।’ निरौलाले भने।

दुई तले घरबाट काले आँगनमै खसेको र श्रीमतीले आगनमा पुगेर पनि हिर्काएको पाईएको छ। त्यसपछि कालेको मृत्यु भएको र प्रहरीबाट वच्न छोराहरूको सहयोगमा घिसारेर घरभन्दा १० मिटर उत्तरतर्फ भएको शौचालयको सेप्टिक ट्यांकी खोलेर फालिएको प्रहरीले जनाएको छ।

‘त्यसमाथि माटो हालेर पुरेपछि माथि ढुंगा राखिएको थियो। अहिले आमासँगै पक्राउ परेका छोरा तुल्सीराम कान्छा हुन्। अर्का गोविन्द र एक जना छोराहरू सम्पर्कमा छैनन्। ०७४ पुस ३० गते राती भएको यो घटना र शव सेप्टिक ट्यांकीमा भएको खबर प्रहरीलाई गर्ने व्यक्तिको बारेमा प्रहरीले गोप्य राखेको छ।

विशेष