News खेल

बायर्न विरुद्धको च्याम्पियन्स लिग एमबाप्पेले खेल्न नपाउने

बायर्न विरुद्धको च्याम्पियन्स लिग एमबाप्पेले खेल्न नपाउने

किलिएन एमबाप्पेले ‘थाई इन्जुरी’ का कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेल खेल्न नपाउने भएका छन् । करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएका हुन् ।

बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३–१ ले हराउँद एमबाप्पे घाइते भएका थिए। चोट लागेपछि २१ औं मिनेटमा उनले मैदान छाड्नु परेको थियो। उक्त खेलमा एमबाप्पेले २ वटा पेनाल्टीमा गोल गर्न चुकेका थिए । पीएसजीले फेव्रुअरी १४ मा घरेलु मैदानमा जर्मन च्याम्पियन्स बायर्न विरुद्ध खेल्नेछ ।

२४ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत मार्सेल विरुद्ध फेब्रुअरी ८ मा हुने खेल समेत गुमाउनेछन् । साथै फेब्रुअरी ११ मा हुने मोनाको विरुद्धको खेल पनि उनले गुमाउने छन् । एमबाप्पेले यस सिजन पेरिस क्लबका लागि २६ खेलमा २५ गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा बायर्न विरुद्धको दोस्रो लिग भने उनले खेल्न सक्ने सम्भावना छ । दोस्रो लिगको खेल मार्च ८ मा हुनेछ । 
 

विशेष