७३ वर्षिय वृद्धलाई ३ बालिकालाई बलात्कार गरेको आरोप, जन्मकैदको फैसला
![७३ वर्षिय वृद्धलाई ३ बालिकालाई बलात्कार गरेको आरोप, जन्मकैदको फैसला](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/nepalaajanew_73/2020/07/balatkar.jpg)
तनहुका एक ७३ वर्षिय वृद्धलाई बालिका बलात्कारको आरोप लागेको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले ति वृद्धलाई विहिवार जन्मकैदको फैसला सुनाएको छ।
तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।
०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले ०७७ कात्तिक २ मा प्रहरीले पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो।
सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ। आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी छ। आरोपित ०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन्।
०७७ कात्तिक २४ मा बलात्कार अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा १७ पटक पेसी चढेको थियो।