News

कार दुर्घटनामा परे घनश्याम भुसाल, अचानक वेहोस भएपछि गाडि अनियन्त्रित

कार दुर्घटनामा परे घनश्याम भुसाल, अचानक वेहोस भएपछि गाडि अनियन्त्रित

नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसालको गाडी दुर्घटना भएको छ ।

भुसालको बा. १६ च १३८४ नम्बरको कार नयाँ बानेश्वरमा अनियन्त्रित भई सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएको हो । 

गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि वेहोस भएपछि उनको गाडि दुर्घटनामा परेको जनाईएको छ। 

‘ड्राइभर साथमा राखेर आफै गाडी चलाएर जाँदै हुनुहुन्थ्यो’ पारिवारिक श्रोत भन्छ–‘वहाँ एक्कासि बेहोस हुनुभएछ । त्यसपछि गाडी दुर्घटनामा परेको हो।’ उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो । 

गाडीमा क्षति पुगेको जनाउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विशेष