इथियोपिया पठाउने भन्दै भारतको जयपुर पुर्याईए १२ नेपाली महिला
![इथियोपिया पठाउने भन्दै भारतको जयपुर पुर्याईए १२ नेपाली महिला](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/ithiyopiya.jpg)
वैदेशिक रोजगारीका लागि इथियोपिया पठाउने भन्दै भारतको जयपुर पुर्याईएका १२ नेपाली महिलाको उद्वार गरिएको छ।
नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा उनीहरुको उद्वार गरिएको हो। १२ जना महिलालाई बिहीबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई नेपालका विभिन्न नाकाहुँदै भारतको जयपुरमा लगिएको थियो । जानकारी अनुसार उनीहरूलाई भिजिट भिसामा दुबईहुँदै इथियोपिया पठाउने भन्दै पुष र माघ महिनामा राजस्थानको जयपुर पु¥याइएको प्रहरीले जानकारी दिएको छ ।