News

बलि दिन भारत पुर्याएकी १६ वर्षिया किशोरीको यसरी भयो उद्वार

बलि दिन भारत पुर्याएकी १६ वर्षिया किशोरीको यसरी भयो उद्वार

आमा र बाबुबीचको सम्बन्धमा खटपटका कारण मामाघरमा बस्दै आएकी १६ वर्षिया एक किशोरीलाई बलि दिन तयारी गरिरहेको अवस्थामा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्वार गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा उद्वार गरिएकी किशोरीलाई पैसाको प्रलोभन देखाएर भारत पुर्याएको पाईएको छ। ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ’ ब्युरो निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले भने–‘भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भएरनभएको परीक्षण गरिएको रहेछ।’

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । साठी केजी तौल, पाँच फिट चार इञ्च उचाई, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त ति किहोरी भेटीएको जनाईएको छ।

‘अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ’ निर्देशक श्रेष्ठले भने–‘बालिकालाई भने यस वारेमा कुनै जानकारी दिईएको थिएन।’

प्रहरीले दुई महिनादेखि बालिकाको खोजी गरिरहेको र दुई दिन अघि बलि दिन ठिक पारिएको जानकारी पाएको श्रेष्ठले वताए । पीडित किशोरीलाई मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते किशोरीलाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याएको प्रहरीको भनाइ छ ।

भारत पु¥याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष लगिएको थियो । ती किशोरीलाई प्रलोभन देखाउनेमा नजिकका साथी र महिला संलग्न रहेको खुलेको छ । यो घट्नामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

विशेष