News

प्रचण्डको दावीः गठबन्धनमा उत्पन्न विवाद चाँडै समाधान हुन्छ

प्रचण्डको दावीः गठबन्धनमा उत्पन्न विवाद चाँडै समाधान हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा उत्पन्न विवाद चाँडै समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो वताएका हुन।

गृह मन्त्रालयका कारण अहिले सत्ता गठबन्धनमा विवाद छ। त्यसको जवाफ दिदै उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालयमा फर्काउन माग गरिरहेका छन् । तर दाहालले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने  चेतावनी दिएको छ । बिहीबार बसेको उसको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय गरेको थियो, जुन आज सकिँदैछ ।

माघ १३ गते सर्वोच्च अदालतले रास्वपाका सभापति समेत रहेका लामिछानेलाई नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठह¥याएको थियो। त्यसपछि उनले नागरिकता पुनःप्राप्ति गरेका थिए। रास्वपाले गृह मन्त्रालय पाए सांसद वा गैरसांसदलाई पठाउने निर्णय गरिसकेको छैन।
 

विशेष