News खेल

‘साउदी प्रो लिग’ मा रोनाल्डो गोलले हारबाट जोगियो अल नसार

‘साउदी प्रो लिग’ मा रोनाल्डो गोलले हारबाट जोगियो अल नसार

क्रिस्टियानो रोनाल्डो अनुवन्धित भएपछि प्राय अधिकांश खेलमा हार ब्यहोर्दै आएको साउदीको अल नासरले पहिलो पटिक खेल बरावरीमा राखेको छ। रोनाल्डोकै गोलममा अल नसारले ‘साउदी प्रो लिग’ को खेल बरावरीमा ल्याएको छ।

प्रिन्स अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा अल फतेहसँग २ – १ गोलले पछि परेको अवस्थामा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको १२ औँ मिनेटमा नै घरेलु टोली अल फतेहले खेलमा अग्रता लिएको थियो। अल फतेहका लागि क्रिस्टियान टेलोले गोल गरेका हुन्।

त्यसलगत्तै रोनाल्डोले गोल गरे पनि मान्यता पाएन। तर ४२ औँ मिनेटमा ब्राजिलियन खेलाडी तालिकाले गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए। दोस्रो हाफमा फेरि घरेलु टोलीले एक गोल गर्दै अग्रता बनायो।

५८ औँ मिनेटमा सोफियान बेनडेब्काले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु¥याए। तर इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टीमा गोल गरेका हुन्।  खेल सकिन केही समय अगाडि तालिस्का रातो कार्ड पाएर मैदान बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिएको थियो।

गत महिना २०० मिलियन युरोमा साउदी पुगेका रोनाल्डो आफ्नो पहिलो खेलमा गोल गर्न भने चुकेका थिए। यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ। उसको १५ खेलबाट ३४ अंक छ। एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ। अब अल नासरले आगामी बिहीबार अल वेदाको भ्रमण गर्नेछ।

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नयाँ क्लब अल नासेरमा यसअघि पहिलो उपाधि जित्ने मौका खेर फालेका थिए। रोनाल्डो आबद्ध अल नासेर साउदी सुपर कपको सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो। यसै सिजनमा युरोपियन क्लबहरूले अनुबन्ध नगरेपछि रोनाल्डो एसियन भूमिमा क्लबस्तरीय करिअर अगाडि बढाउन साउदी अरेबिया पुगेका हुन्। विश्व फुटबलमै कीर्तिमानी रकममा अल नासेरले रोनाल्डोलाई अनुबन्ध गरेको थियो। 
 

विशेष