News

१२ वटा नयाँ उपग्रह भेटिएपछि सवैभन्दा धेरै चन्द्रमा भएको ग्रह बन्यो वृहस्पति

१२ वटा नयाँ उपग्रह भेटिएपछि सवैभन्दा धेरै चन्द्रमा भएको ग्रह बन्यो वृहस्पति

सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रहका रुपमा बृहस्पतिलाई लिन थालिएको छ। आकारमा सबैभन्दा ठूलो ग्रह हुनुका साथै अब बृहस्पतिसँग सबैभन्दा धेरै प्राकृतिक उपग्रहसमेत रहेका छन्। 

खगोलविदहरुले बृहस्पतिमा थप १२ वटा नयाँ चन्द्रमा पत्ता लगाएका छन्। यी थपिएका १२ सँगै अब बृहस्पतिसँग प्राकृतिक उपग्रह अर्थात् चन्द्रमाको संख्या ९२ पुगेको छ। 

हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ। पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइलसम्मका छन्।

यसअघि सबैभन्दा धेरै चन्द्रमा भएको ग्रहका रुपमा शनि ग्रहलाई चिनिन्थ्यो। जसका हालसम्म ज्ञात चन्द्रमाको संख्या ८६ छ। आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ। 

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन्। बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ। पत्ता लागेका नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन्।
 

विशेष