News

सरकारमै रहेका दल संघीयता समाप्त पार्ने षडयन्त्रमा रहेको गगन थापाको आरोप

सरकारमै रहेका दल संघीयता समाप्त पार्ने षडयन्त्रमा रहेको गगन थापाको आरोप

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेकै कतिपय दल संघीयता समाप्त पार्ने षडयन्त्रमा रहेको वताएका छन् ।

शनिवार बारामा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो वताएका हुन। संविधानको अधारभूत मान्यता स्वीकार नगरेका केही शक्ति अहिले सरकारमा रहेको भन्दै उनले त्यसले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनलाई अवरोध गर्न सक्ने बताएका छन् ।

जनजिविकाको कुराको उठाएर अधिकार ,पहिचान र संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिएको उनले आरोप छ। संघीयता गुमे सँगै प्रेस स्वतन्त्रता पनि समाप्त हुने भएकोले नेपाल प्रेस युनियन सचेत रहनुपर्ने उनको भनाइ थियो ।

संविधानले चिनेको राष्ट्रपति र राष्ट्रपतिले संविधानलाई नमानेर संसद् विघटन गरेकोले संघीय व्यवस्थालाई अस्तव्यस्त बनाएको उनले बताए । 
 

विशेष