News

रविले गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

रविले गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। 

पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहालले दिएपछि पार्टीले यस्तो निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । 

रास्वपाबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।


पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

विशेष