रवि लामिछाने भन्छन्– मन्त्री गुमाएकोमा झोंक त चलेको छ
![रवि लामिछाने भन्छन्– मन्त्री गुमाएकोमा झोंक त चलेको छ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/rabi-malichhane.jpg)
गुहमन्त्री नपाएको झोकमा सरकार छोडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली मिडियामाथि खनिएका छन्।
आइतबार सरकारबाट बाहिरिने पार्टीले निर्णयपछि विषेश पत्रकार सम्मेलन गरेका लामिछानेले मिडियाप्रति चर्को असन्तुष्टि जनाए।
मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरे। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ। उनले १२ भाई पत्रकार÷सम्पादक (केही पत्रिका र अनलाइनको नाम लिँदै) आफूविरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्।
उनले एउटा मिडियाका मालिकका छोराले मादक पदार्थ सेवन गरी गाडि दुर्घटना गरेको, गोल्डेन शेयर लिएको भन्दै आरोप लगाए । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । सो क्रममा उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश पोखेका थिए ।
पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए । उनले भने, मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे।’ रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।
उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा केही अलिअलि झोँक पनि चलेको स्वीकार गरे । ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि ! उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’
उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय गरेको उनले बताए । उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।