News बैंकिङ

शिवशिखर सहकारीको प्रतिबद्धताः सम्पुर्ण सदस्यहरुको वचत फिर्ता गर्न प्रयत्नशील छौं 

शिवशिखर सहकारीको प्रतिबद्धताः सम्पुर्ण सदस्यहरुको वचत फिर्ता गर्न प्रयत्नशील छौं 

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सम्पूर्ण वचतकर्ताहरुको रकम सुरक्षित रहेको जनाउँदै सबै सदस्यलाई नआत्तिन आग्रह गरेको छ।

सहकारीका अध्यक्षसहितका पदाधिकारीले सम्पुर्ण सदस्यहरुको वचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिबद्ध जनाएका छन्। शिवशिखर सहकारीलाई जोडेर प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सहकारीप्रति रहेको विश्वास नगुमाउन सञ्चालक समितिले आग्रहसमेत गरेको छ।

सहकारीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको उल्लेख गरेको सहकारीले एकै पटक धेरै शेयर सदस्य वचत फिर्ता लिन आउँदा देशभरि नै सहकारीलाई बचत फिर्ता गर्न केही असहज भएको प्रष्ट पारेको छ । 

सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतले मागेको समयमा रकम दिन नसक्दा सहकारी दुःखी रहेको बताए। शेयर सदस्यहरुमा परेको असुविधाप्रति सहकारी पूर्णरुपमा जानकार रहेको बताउँदै उनले विगतमा जुन विश्वासले सहकारीसंग जोडिएको हो त्यस्लाई कायम राख्न आग्रह गरे।

अध्यक्ष शुशिल बाँनियाले शिवशिखरले देशभर आफ्नो मुख्य कार्यालय र सेवा केन्द्रसहित ३६ वटा कार्यालयबाट सेवा दिदै आएको जानकारी दिदै सहकारीले कृषि उपज खरिद विक्रि, कृषि औजार, गार्डेंनमार्ट डिपार्टमेन्टल स्टोर लगायत साना तथा मझौला व्यवसायीहरुमा ऋण लगानी गरेको पनि जनाएका छन्।

मुलुकमा देखिएको आर्थिक मन्दीका कारण ऋण लगानी नउठेपनि संस्थामा देखिएको समस्या समाधान गर्न सहकारी प्रयत्नशील रहेको पनि उनले जनाएका छन्।
 

शिवशिखर सहकारी

विशेष