News

सरकार छोड्दैछ रास्वपा ?, ११ वजे वैठक वस्दै

सरकार छोड्दैछ रास्वपा ?, ११ वजे वैठक वस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको दुई दिने अल्टिमेटम हिजो साँझ नै सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको छ।

सोही विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आज निर्णय हुनेछ । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो । तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो ।

रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

आफूले दिएको अल्टिमेटम सकिनु अघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर भेटेका थिए । प्रधानमन्त्रीले गृह बाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाव रहेको बताएका थिए । नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय नै दिन प्रधानमन्त्री दाहाललाई दबाब दिंदै आएको छ ।

यसअघि रास्वपा सभापति लामिछानेले गृह नपाए सरकार छाड्ने चेतावनी दिए पनि उनका पार्टीका नेताहरुले भने मन्त्रालयकै कारण सरकार छाड्न नहुने बताउँदै आएका छन् । 

विशेष