News

रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रचण्डले प्रस्ताव गरेपछि...

रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रचण्डले प्रस्ताव गरेपछि...

गृहमन्त्रालय सरकार छोड्नै धम्की दिदै आएको रास्वपालाई प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्। शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका रवि लामिछानेलाई दाहालले यस्तो प्रश्ताव गरेका हुन।

बालुवाटार भेटमा दाहालले यस्तो प्रश्ताव गरेपछि पार्टी कार्यालय बसुन्धारामा रास्वपाको आकस्मिक बैठक बसेको थियो। वैठकमा लामिछानेले पहिला दलभित्र साझा धारणा बनाउने प्रस्ताव गरेका थिए। सरकारबाट तत्काल हट्न नहुने, विवादमा परेकोले सभापतिले सरकारमा जान नहुने आवाज पार्टी भित्रकै नेताबाट उठ्न थालेपछि उनले त्यो रोक्न खोजेका हुन्।

यद्यपी उक्त वैठकले अन्य मन्त्रालयको प्रस्तावमा के गर्ने भन्ने निर्णय लिन सकेन। वरु, बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति चुनाव र उपनिर्वाचनको मिति तय नभएसम्म सरकार छाड्न नहुने मत बलियो भएको छ। 

सर्वोच्च अदालतको आदेशपछि सांसद पद गुमाएका लामिछानेले पनि उपनिर्वाचनको मिति नतोकी सरकार छाड्न नहुने बताएका थिए। दुवै विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे फेरि बैठक बस्ने र सो बैठकले प्रधानमन्त्रीले गरेको प्रस्ताव, उच्चस्तरिय संयन्त्रका संयोजकको सुझावबारे छलफल हुने जनाईएको छ। 

रविलाई गृहमा पुर्नवहालि गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दबाव दिदै आएका छन्। तर, प्रधानमन्त्री दाहालले भने अहिले सर्वोच्चको पूर्णपाठ नआएको र राहदानी विवाद समेत कायम रहेकाले गृह दिन नहुने बताउँदै आएका छन्।

विशेष