News

ऋषि संत रविदास जयन्तीको अवसरमा बारामा कार्यक्रम

ऋषि संत रविदास जयन्तीको अवसरमा बारामा कार्यक्रम

ऋषि संत रविदास जयन्तीको अवसरमा राष्ट्रिय एकता अभियान बाराले एक कार्यक्रमको आयोजना गरेको छ। बारा सदरमुकाम कलैया स्थित भरवलिया टोलमा कार्यक्रमको आयोजना गरिएको हो।

कलैया उपमहानगरपालिका १८ का वडाध्यक्ष धुरुप राउत अहिरको अध्यक्षतामा आयोजित कार्यक्रममा अभियान निकट राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहको विशेष उपस्थिती थियो। उनले समाजमा जातीको आधारमा भई रहेको छुवाछुत हिन्दू धर्मको संस्कृति नरहेको र यो एउटा विकृती मात्र भएको दावी गरे।

कुसवाहले छुवाछुत मानने हिन्दू धर्म बिरोधी भएको वताए । संत रविदासको उदहरण दिदै उनले ‘मानव आफ्नो कर्मले ठूलो या सानो हुने हो, जातीले होइन’ भने। कार्यक्रममा वड़ा सदस्य ललिता देवी एवम् जेष्ठ नागरिक तुलसी रामले आफ्नो मनतव्य ब्यक्त गरेका थिए ।

संत शिरोमणि रविदास निर्गुण समाज का संत थिए। उनले अनेक चमत्कार गरे। छुवाछुतलाई मेटाउन उनले समाजमा धेरै उदाहरणिय काम गरेका छन् । संत रविदाससँग दैवीय शक्ति थियो भन्ने मान्यता छ। तर, पनि उनले साधारण मान्छेको जिवन विताए । समाजमा जबसम्म छुवाछुत रहन्छ तवसम्म राष्ट्रको उन्नती हुन सक्दैन भन्ने उनको मान्यता थियो।
 

विशेष