News

भौतिक मन्त्रालय लिएर सरकारमा जादै रवि लामिछाने !

भौतिक मन्त्रालय लिएर सरकारमा जादै रवि लामिछाने !

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय दिन अस्विकार गरेपछि रवि लामिछाने उपप्रधानसहित भौतिक पुर्वाधार मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहेको सुचना वाहिरिएको छ। 

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चलिरहेका बेला यस्तो सुचना वाहिरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले वैठकककै समयमा रवि लामिछानेलाई गृहको सट्टा अर्को मन्त्रालय लिन प्रस्ताव गरेका थिए।

वैठक वस्नु अघि पनि लामिछाले प्रमलाई भेट्न बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन रविलाई आग्रह गरेका थिए। उपनिर्वाचनबाट जितेर आएमात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो।

लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए। उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बताइएको छ। रविलाई गृहमै ल्याउन जोडबल गरिरहेका एमाले अध्यक्ष केपी ओली पनि अहिले केही नरम भएका छन्। उनले पनि रविलाई अर्को मन्त्रालय लिन वा अर्को व्यक्तिलाई सरकारमा पठाउन आग्रह गरेका छन्।

उपप्रधान एवं गृहमन्त्री रहेको समयमा नागरिकता विवादका कारण पदच्यूत हुन पुगेका लामिछानेलाई गृहको साटो उप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी भएको स्रोतले बताएको छ। गृहमा भने नारायणकाजीलाई पठाउने पक्षमा प्रचण्ड छन्।

उता लामिछानेले आज पत्रकार सम्मेलन गर्दैछन् । गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर दुई दिनको समय मागेको बताएका थिए। त्यो दुई दिनको अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ। आजको रास्वपा बैठको निर्णयलाई महत्वका साथ हेरिएको छ। पार्टीभित्र सरकारमा रहने वा बाहिरिने भन्नेबारे दुई मत छ।
 

विशेष