News

कांग्रेसमाथि खनिए ओली, रामहरी खतिवडाको नियमापत्ति

कांग्रेसमाथि खनिए ओली, रामहरी खतिवडाको नियमापत्ति

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा वोल्दै
नेपाली कांग्रेस सत्तारुढ दल बन्न खोजेको भन्दै आलोचना गरेका छन् ।

उनले सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकरी गराए। तर उनको सम्वोधनमा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए । 


‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं’ उनले भने–‘त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस।’

ओलीले भने खतिवडामाथि नै ब्यंग्य गरे । यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर वेल घेरेको भन्दै ओलीले भने, ‘उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।’ बोल्ने क्रममा ओली नेपाली कांग्रेसमाथि खनिएका छन्।

मंसिर ४ गतेको चुनावपछि एमालेलाई बहुमत नआएपछि आफूहरू प्रतिपक्षमा बस्ने मनसायमा रहेको भए पनि कांग्रेसले संविधानले दिएको समय सीमाअनुसार सरकार गठन गर्न नसेकपछि नयाँ सरकार बनाउन पहल गरेको ओलीले बताए।

त्यही पहलअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले नयाँ सरकार गठनपछि प्रतिपक्षमा पुगेको कांग्रेसलाई भने त्यो सत्य स्वीकार्न कठिन भइरहेको बताए। 

ओलीले कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई सरकारलाई विश्वासको गरेको भन्ने ठान्न नसकिने बताए। ‘कांग्रेसले हठात् यो सरकारलाई विश्वासको मत दियो। मैले त्यतिबेला पनि भनेको थिएँ, विश्वासको मत दिएको हो भने ठीकै हो तर ढोक्सा थापेको हो भने त्यो गल्ती हो।’– उनले भने।
 

विशेष