News

रविको बचाउमा ओलीः रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन

रविको बचाउमा ओलीः रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको नागरिक्ताले कस्लाई हानी गर्यो ? भन्दै संसदमा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका उजुरीकर्तालाई के मर्का प¥यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको बताए । रविको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाएका उनले ‘यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको’ बताए ।

रविको नागरिक्ता प्रकरणमा असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए । ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन’ उनले भने–‘निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’

प्रक्रियागत त्रुटि देखाएर सर्वोच्च अदालतले फैसला गरेको भन्दै उनले ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’ भन्दै असन्तुष्टि जनाए । ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’– उनले भने। 
 

विशेष