News

सुरक्षाको विषयमा प्रधानमन्त्रीले बोलाएपछि देउवा र ओली सिंहदरबारमा

सुरक्षाको विषयमा प्रधानमन्त्रीले बोलाएपछि देउवा र ओली सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार सिंहदरबारमा भेट भएको हो। भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा प्रधानमन्त्री दाहालले सम्बन्धित निकायका प्रमुखलाई राखेर गरेको ब्रिफिङमा देउवा र ओली सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारीलगायत उपस्थित छन्।
 

विशेष