News

प्रचण्डको हस्तक्षेपले माओवादीको मधेश प्रदेश संसदिय दलका नेता मन्त्री बन्न पाएनन् 

प्रचण्डको हस्तक्षेपले माओवादीको मधेश प्रदेश संसदिय दलका नेता मन्त्री बन्न पाएनन् 

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको हस्तक्षेपका कारण मन्त्री हुन नपाएपछि मधेश प्रदेश संसदीय दलका नेता भरत साह असन्तुष्ट बनेका छन् ।

मधेश सरकार विस्तारमा आफु मन्त्री हुन नपाएपछि साह असन्तुष्ट भएका हुन। संसदीय दलका नेता साह स्वयंम मन्त्री बन्न चाहान्थे। तर, प्रधानमन्त्री दाहालले सांसद सुनिता यादवलाई मन्त्री बनाउन निर्देशन दिएपछि उनी ब्याक हुन परेको छ।

स्रोतका अनुसार मधेश प्रदेश सरकारमा तत्काल एउटा मन्त्रालय लिएर नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ । माओवादीलाई तत्काल उद्योग, पर्यटन तथा वन मन्त्रालय दिने सहमति भएको छ । माओवादीले सांसद सुनिता यादवलाई मन्त्री र मो रहवर अन्सारीलाई राज्यमन्त्री बनाउन लागिको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रीमा यादव र राज्यमन्त्रीमा अन्सारीलाई नियुक्त गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्राचार गरिसकेको स्रोतको दावी छ । सांसद यादवले भोलि शपथग्रहण गर्ने तय भएको जानकारी दिइन् ।

माओवादीले २ मन्त्रालय दिनुपर्ने माग गर्दै यस अघि सरकारमा सहभागि भएको थिएन। सो विषयमा सांसद यादवले भने ‘तत्काल एउटा मन्त्रालय लिएर सरकारमा जानेर अझै मन्त्रालय दिनुपर्ने’ बताईन। 

मन्त्री बन्न लागेकी उनी शहिद रामवृक्ष यादवको छोरी हुन् ।
 

विशेष