News विदेश

टर्की भूकम्पमा १ हजार २ सय बढी मानिसको मृत्यु (अपडेट)

टर्की भूकम्पमा १ हजार २ सय बढी मानिसको मृत्यु (अपडेट)

टर्कीमा भएको भूकम्पमा परी मर्नेको संख्या १ हजार २ सयभन्दा वढि पुगेको छ।

टर्किस राष्ट्रपति रेसेप एर्डोगानले टर्कीमा मात्रै कम्तीमा ९१२ जनाको मृत्यु भएको बताएका छन्। सिरियामा सोही भूकम्पमा परी कम्तीमा ३२० जनाको मृत्यु भएको छ। भूकम्प दुई देशको सीमानजिकै गएको थियो। 

सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी कुल १ हजार २ सय बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। टर्किस राष्ट्रपति एर्डोगानका अनुसार कम्तीमा ५ हजार ३ सय ८३ जना टर्कीमा मात्रै घाइते भएका छन् भने सिरियामा पनि दर्जनौँ घाइते हुनपुगेका छन्। 

सन् १९३९ यताकै ठूलो क्षति भएको राष्ट्रपति एर्डोगानले जनाएका छन्। उनका अनुसार भूकम्पमा २ हजार ८ सय १८ भवन भत्किएका छन्। टर्की र सिरियामा गएको भूकम्पको केन्द्रविन्दु दक्षिण पूर्वी टर्कीको गाजियान्टेप सहरमा थियो।

यसको धक्का सिरिया, लेबनान, साइप्रस र इजरायलसम्म महशुस गरिएको थियो। 
 

विशेष