News विदेश

टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भुकम्प, क्षतीको विवरण आउन वाँकी

टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भुकम्प, क्षतीको विवरण आउन वाँकी

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४ः१७ मा  गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको हो।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको युएसजीएसले जनाएको छ। भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्।

क्षतीको विवरण आउन वाँकी छ।
 

विशेष