यस्ता सामान्य कुरामा रवि लामिछानेलाई खेद्नु ‘१२ भाई’को गल्ती !
![यस्ता सामान्य कुरामा रवि लामिछानेलाई खेद्नु ‘१२ भाई’को गल्ती !](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/rabi-malichhane-80ffd.jpg)
सरकार छोड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयपछि राजीनामा तीन मन्त्रीहरुले पनि आज पत्रकार सम्मेलन गर्दै छन्। दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्।
आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए।
रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ।
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन्। रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए। उनले आईतवार नै पत्रकार सम्मेलन गरेर मिडियाप्रति आक्रोश ब्यक्त गरेका छन् ।
लामिछानेले अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक्ता प्रयोग गर्नु, दोहोरो राहदानी प्रयोग गर्नु, चार वटी श्रीमती राख्नु, गैर पर्यटक भिसामा नेपाल आएर टेलिभिजनमा काम गर्नु, सरकारी निकायलाई गुमराहमा राखेर राहदानी लिनुलगायतका विषयमा सामान्य भन्दै आफुलाई स्वच्छ भएको प्रमाणित गर्न खोजेका छन् ।
वरु, मिडिया र मिडिया सञ्चालकको कमजोरी केलाएर ‘उनिहरुले कानुन मिच्दा मैले मिच्न किन नपाउने’ भन्ने शैलीमा प्रस्तुत भएका छन् । उनले आफनो समस्यासँग नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई समेध घिस्याएका छन् । ‘गगन थापालाई वाख्रा र मलाई चार वटी श्रीमतीले नछोड्ने भयो’ भन्दै उनले सामान्य विषयमा मिडियाले आफुलाई चरित्रहिन भएको पुष्टि गरेको आरोप लगाए ।
लामिछानेको यो शैलीको सामाजिक सञ्जालमा आलोचना भईरहेको छ।
रवि लामिछाने