News

किन रवि लामिछानेले फेरी सरकारमा फर्किने बाटो खुल्लै राखे ?

किन रवि लामिछानेले फेरी सरकारमा फर्किने बाटो खुल्लै राखे ?

सर्वोच्च अदालतको फैसलालले नागरिक्ता रद्द भएपछि गृहमन्त्रालय गुमाएका रवि लामिछानेले फेरी गृहमा फर्किन नानिदेखीको बल लगाए। प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार छोड्ने धम्की समेत दिए।

तर, प्रधानमन्त्री उनलाई गृहमा फर्काउन तयार भएनन्। रविले पटक पटक दाहाललाई भेटे, तर, उनले अर्को मन्त्रालय लिएर सरकारमा रहन र आफु सरकारमा नआउन रविलाई सल्लाह दिए। आईतवार पार्टीको वैठक वस्नु अघि पनि लामिछाने प्रधानमन्त्रीलाई भेट्न पुगे। तर जवाफ पुरानै– ‘राहदानीको विवाद र पूर्ण पाठ नआएसम्म रविलाई मन्त्री नबनाउने तथा रविबाहेक रास्वपाबाट अर्को व्यक्तिलाई पनि दिन नसकिने’ प्रधानमन्त्रीले अड्डी लिए ।

त्यसपछि सरकारमा रहने कि नरहने भन्नेमा रास्वपामा दुई धार देखियो। सरकारमा जानुको र बाहिरिनुको औचित्य पुष्टि गर्नुपर्ने राय सदस्यहरूको थियो । मन्त्री बनेकाहरू पनि सरकारबाट बाहिरिन नहुने पक्षमा थिए । तर, अन्य मन्त्रीले रविबिना क्याबिनेटमा जाँदा असहज महसुस गरे। 

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सहमत भए । कार्यभार सम्हालेको १९ दिनमै उनीहरू सरकारबाट बाहिरिए । यद्यपि, रास्वपा सरकारमा भने गत ११ पुसमा सभापति लामिछानेको ‘कमान्ड’मा सरकारमा सहभागी भएको थियो । 

यो हिसावले हेर्दा सरकारमा सहभागी भएको ४२औँ दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीलाई आइतबार फिर्ता बोलायो । मन्त्रीलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने रास्वपाले कायम राखेर फेरि सरकारमा सहभागी हुने ढोका पनि खुला छोडेको छ । 

मन्त्रीहरूलाई फिर्ता बोलाउने केन्द्रीय कमिटी र संसदीय दलको निर्णयपछि पत्रकार सम्मेलनमा रविले फेरि सरकारमा सहभागी हुन सक्ने संकेत दिए । उनले भने, ‘सदाको लागि गरेको निर्णय होइन, पहिलाको अवस्था श्रृजना भयो भने फेरी सरकारमा जान सकिन्छ ।’

सहमतिअनुसार गृह मन्त्रालय पाए फेरि सरकारमा सहभागी हुने उनको सन्देश थियो । ‘शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरेको विषय हो । त्यहीअनुसार पार्टीले पाउनुपर्छ भनेका थियौँ,’ उनले भने ।

‘प्रधानमन्त्रीले तपाईं आफैँ हुँदा गृह मन्त्रालय ठीक थियो । अब हुँदैन भन्नुभयो । हामीले गृह मन्त्रालयबाटै धेरै डेलिभेरी दिन सक्थ्यौँ’ उनले भने–‘त्यो नभएपछि हामी रहेनौँ।’

तर, आफूलाई थोरै लोभ भने भएको उनले स्वीकार गरे । ‘झिनो लोभ थियो । गृह मन्त्रालय नहुँदा डेलिभरमा समस्या हुन्छ भनेर हो,’ उनले भने । उनको अर्को बाटो उपनिर्वाचनबाट फेरि विजयी भएर सांसद हुँदै सरकारमा सहभागी हुने पनि उनले बताए । उपनिर्वाचनबाट निर्वाचित नभई आफु भने कुनै पदमा नजाने घोषणा गरे।

सरकारमा सहभागी हुने मत जनताबाट नपाएको भए पनि गृह, श्रम, शिक्षा र स्वास्थ्य राज्यमन्त्री पाएकाले आफूहरूको बाचाअनुसार काम गर्न सकिने देखेर सहभागी भएको उनले प्रस्ट्याए ।

लामिछानेले ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने पनि बताए। ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो’ उनले भने–‘कसैले खेदेर डराउँदिनँ । म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु। म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे वा बहुलाए पनि रास्वपा चल्छ ।’

यो पनि,

रवि लामिछाने

विशेष