News

भूकम्पमा परी टर्की र सिरियामा २ सयभन्दा बढीको मृत्यु

भूकम्पमा परी टर्की र सिरियामा २ सयभन्दा बढीको मृत्यु

दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प हुँदा टर्की र सिरियामा २ सय जनाभन्दा बढीको मृत्यु भएको छ । 

टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।

सिरियामा पनि भूकम्पले मानवीय क्षति पु¥याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले बताएका छन्।

भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् । 
 

विशेष