News खेल

बलात्कार आरोपी सन्दीपलाई भेट्न पाकिस्तानबाट आए क्रिकेटर

बलात्कार आरोपी सन्दीपलाई भेट्न पाकिस्तानबाट आए क्रिकेटर

बालिका बलात्कार आरोपमा केदी दिन कारागार वसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग पाकिस्तानी क्रिकेटरले भेटेका छन् ।

पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटरसँग भेट गरेका हुन। आइतबार बेलुकी नेपाल आइपुगेका उनले सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । 

रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए । आफूहरुबीच निकै छोटो अनौपचारिक भेट भएको अध्यक्ष चन्दले जानकारी दिएका हुन् ।

रिजवानले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भेट्ने मनासाय आफूसँग राखेको चन्दले बताए । सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका थिए।

बलात्कार आरोप लागेका सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका छन् र उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरेको छ ।

निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् । 
 

विशेष