News

प्रचण्डलाई चुक्ली लगाएपछि रविको नजरमा ऋषि धमला ‘जोकर’ !

प्रचण्डलाई चुक्ली लगाएपछि रविको नजरमा ऋषि धमला ‘जोकर’ !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जोकर’ भन्दै ५ करोड बार्गेनिङ गरेको आरोप लगाएपछि पत्रकार ऋषि धमला रन्थनिएका छन् । 

प्राइम टाइम्स टेलिभिजनमा ‘जनता जान्न चाहन्छन’ कार्यक्रम चलाउने धमला १०३ डिग्री ज्वरो विर्सेर कार्यक्रम चलाउन पुगेका छन् । ‘मलाई १ सय ३ डिग्रीको ज्वरो आएको छ’ भन्दै कार्यक्रममा देखिएका उनले टीभी स्क्रिनबाट रविलाई ९ मिनेटजति ‘राजनीतिको शिक्षा’ दिएका छन्।

भिडियोमा उनले पूर्वाग्रही भएर आफूले पत्रकारिता गरेको प्रमाण लिएर आउन रविलाई चुनौती दिएका छन्। यदि त्यस्तो पुष्टि भए पत्रकारिता नै छोडिदिने घोषणा गरेका धमलाले रविलाई सोचविचार गरेर बोल्न चेतावनी पनि दिएका छन् ।

रविले आईतवार विशेष पत्रकार सम्मेलन गरेर मिडिया र पत्रकारमाथि आक्रोश पोखेका थिए। उनले ‘सर्कस चलाउन जोकर चाहिन्छ’ भन्दै धमलालाई जोकरको संज्ञा दिएका थिए। लामिछानेले धमलालाई गालि गर्नुको पछाडि भने केही दिनअघिको घट्ना जोडिएको पाईएको छ।

नागरिक्ता प्रकरणमा रविले गृहमन्त्रालय गुमाएपछि माघ १९ गते ऋषि धमला र रवि लामिछाने केहीबेरको अन्तरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । धमलाले प्रधानमन्त्रीलाई भेटेर निस्केपछि रवि लामिछाने पनि पुगेको वताईएको छ।

रविले १८ गतेको भेटमा प्रधानमन्त्रीलाई गृह मन्त्रालय आफुले नै पाउनुपर्ने माग दोहोर्याएका थिए भने ऋषिले ठ्याक्कै १८० डिग्री उल्टो कुरो गरेर निस्किएका थिए। बालुवाटार पुगेको केहीबेरमा प्रधानमन्त्री बसेको कक्षमा छिरेका धमलाले छिर्दा छिर्दै रविलाई गृहमन्त्री बनाउन नहुने धारणा राखेको बताइन्छ । ऋषिको भनाई थियो, ‘कुनै हालतमा बनाउन हुँदैन है प्रधानमन्त्रीज्यू ! यो डेन्जरस मान्छे हो ।’ उनको कुरो सुनेपछि प्रधानमन्त्रीले पनि ‘ल तपाईंको कुरा बुझियो,’ भन्दै जवाफ फर्काएका थिए।

मुश्किलले पाँच मीनेट बसेर बालुवाटारबाट बाहिरिएका धमला ३ नम्बर गेटमा पुग्दा नपुग्दै रवि त्यहाँ छिरेको बताइन्छ । 

रविले धमलामाथि यही आक्रोश पोखेको वताईन्छ।
 

विशेष