News

पूर्वसांसद कर्मा घलेको निधन 

पूर्वसांसद कर्मा घलेको निधन 

पूर्वसांसद कर्मा घलेको निधन भएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद घलेको ५९ वर्षको उमेरमा निधन भएको हो ।

मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको छोरा नर्बु घलेले जानकारी दिए । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि घले लामो समयसम्म भारतमा उपचार गराएर केही समयदेखि नेपालमै उपचाररत थिए ।

मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । तर, क्यान्सरका कारण अधिकतम उपचारमै समय बिताउन पर्दा संसद्मा उनले पूर्ण कार्यकाल सक्रिय भूमिका निभाउन पाएनन् ।
 

विशेष