News

राजविराज नगरपालिका अन्तर्गतका विद्यालयको समाचार लेख्न नपाईने

राजविराज नगरपालिका अन्तर्गतका विद्यालयको समाचार लेख्न नपाईने

सप्तरीको राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन र सम्प्रेसणमा रोक लागेको छ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख भोगेन्द्रप्रसाद यादवले मंगलवार जारी गरेको एक पत्रमा नगरपालिका अन्तर्गतका सामुदायिक एवम् संस्थागत विद्यालयको पठन पाठन सम्वन्धि समाचार संकलनका क्रममा भिडियो खिच्न र शाखाको सहमति विना समाचार वनाउन रोक लगाईएको छ।

समाचार संप्रेसण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र लेख्न पाईने जनाईएको छ।

पत्रको वोधार्थ नेपाल पत्रकार महासंघ सप्तरीलाई समेत दिईएको छ। महासंघले यसवारेमा कुनै धारणा सार्वजनिक गरेको छैन।
यस्तो छ पत्र

विशेष