News विदेश

टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ७ सय नाघ्यो

टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ७ सय नाघ्यो

टर्कीमा सोमबार भएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ७ सय नाघेको छ। टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भएको छ।

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ। टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पपछि कयौँ पराकम्प गइरहेका छन्। रातभर पनि खोजी तथा उद्धारको कार्य जारी रहेको थियो। भूकम्पका कारण लाखौँ मानिस घरवारविहीन भएका छन्। विस्थापितलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।

अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन्। युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धारटोली पुग्ने क्रम सुरु भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन्।
 

विशेष