प्रचण्डले घटाएको पेट्रोलियम पदार्थको मूल्य निगमले फेरी बढायो
![प्रचण्डले घटाएको पेट्रोलियम पदार्थको मूल्य निगमले फेरी बढायो](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/hnalfa_65/2020/02/petrol.jpg)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएको भन्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैंयाले बढाएको हो ।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले २१ पुषमा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन थियो।
प्रधानमन्त्रीको निर्देशनपछि पुस २५ गते नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा २० र बाह्य हवाई इन्धनमा ३० रुपैयाँ मूल्य घटाएको थियो ।